scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

इराकमा भड्किएको हिंसामा परी ३१ को मृत्यू, १५०० भन्दा बढी घाइते


एजेन्सी, १७ असोज । इराकमा पछिल्लो समय भड्किएको हिंसामा परी ३१ को मृत्यू भएको छ भने १५०० भन्दा बढी नागरिक घाइते भएका छन् । गत तीन दिनयता जारी हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीले मुलुकमा बढ्दो बेरोजगारी र बढ्दो भ्रष्टाचारको विरोध गरिरहेका छन् ।

सरकारविरुद्ध केन्द्रित रहेको प्रदर्शनमा सुरक्षाकर्मी पनि घाइते भएका छन् भने ६२ जना प्रदर्शनकारी पक्राउ परेका इराकको मानवअधिकार सम्बन्धि उच्चायुक्तले जानकारी दिएको छ। मृतकमध्ये अधिकांश दक्षिणी सहर नसिरियाका रहेको बताइएको छ ।

इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरूमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको संख्या ३१ पुगेको इराकी स्वतन्त्र मानव अधिकार आयोग (आइएचसिएचआर) ले पुष्टि गरेको छ । हिंसामा परी दुई सुरक्षाबलका सदस्यसहित ३१ जना मारिएका छन् । यस विरोध प्रदर्शनको क्रममा घाइते भएका एक हजार ५०९ मा ४०१ जना सुरक्षाबलका अधिकारी रहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हिंसात्मक प्रदर्शन चर्कँदै गएपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको थियो । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिएका थिए ।

सरकारले इन्टरनेट सेवा लगभग बन्दको अवस्थामा राखेको छ भने सरकारी कार्यालय बन्द गरिएका थिए । आधारभूत सेवा, रोजगारीको अवसरमा कमी र भ्रष्टाचारको विरोधमा इराकभरी मंगलबार अपराह्नबाटे विरोध प्रदर्शन शुरु भएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage