scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रहरी निरीक्षक नै चोरी घटनामा मुछिए

जनकपुरधाम, १७ असोज । मिथिला नगरपालिकास्थित ढल्केबर ईलाका प्रहरी कार्यालयका एकजना प्रहरी निरीक्षक एक्साभेटरको पार्टपूर्जा  चोरीमा संलग्न भएको पाइएको छ ।

आठ महिनाअघि वन कार्यालयका कर्मचारीले  नियन्त्रणपछि प्रहरीलाई बुझाएको एक्साभेटरको पार्टपूर्जा चोरीमा प्रहरी निरीक्षक अवधकिशोर ओझा समेत संलग्न रहेको पाइएको हो । ओझा चोरीको घटनामा संलग्न देखिएपछि प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

गत फागुनमा वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरिया भत्रे स्थानबाट नियन्त्रणमा लिएको एक्साभेटर प्रहरीलाई बुझाएका थिए । तर केही दिनपछि एक्साभेटर धनी जनुलाल महतो ईलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा एक्साभेटरको पार्टपूर्जा निकालिएको देखेपछि उजुरी दिएका थिए । महतोले बालुवा उद्योगीसँग मिलेर प्रहरीले ६ लाख मूल्य बराबरको पार्टपूर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उक्त उजुरीलगत्तै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको थियो।

प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरेको थियो। छानबिन प्रतिवेदन अनुसार एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा प्रहरी निरीक्षक ओझाको संलग्नता देखिएको छ । छानबिन समितिले आफ्नो प्रतिवेदन प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीलाई बुझाइसकेको छ ।

यदि ओझा दोषी देखिए उनलाई हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage