scheduleबुधवार आश्विन २९ गते, २०७६

बाल विवाहमा संलग्न ७ जना मण्डपबाटै पक्राउ

सल्यान, १७ असोज । प्रहरीले बाल विवाह गराएको आरोपमा शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १९ वर्षीय वेहुला र १९ वर्षीया बेहुली समेत छन् । त्यस्तै प्रहरीले बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत र कलौटीलाई समेत पक्राउ गरेको छ । साथै जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य पनि पक्राउ परेका छन् ।

बाल विवाह हुँदैगरेको गोप्य सूचना पाएपछि बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले शिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage