scheduleबुधवार आश्विन २९ गते, २०७६

मानवअधिकार आयोग पर्व बिदाको दिनपनि खुल्ला रहने


काठमाडौं, १७ असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दसैं तिहार तथा छठ पर्वको बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुल्ला रहने भएको छ ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुल्ला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage