scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

महरा प्रकरणः प्रहरीले गर्‍यो शाहीको स्वास्थ्य परीक्षण


काठमाडौं, १८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन प्रकरणसँग जोडिएकी रोशनी शाहीको प्रहरीले स्वास्थ्य परीक्षण गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले गुपचुपरुपमा शाहीलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको हो । शुरुमा महरालाई बलात्कारको आरोप लगाउँदै सञ्चारमाध्यममा बयान दिएकी रोशनीले पछि बयान फेरेकी थिइन् । उनले शक्ति केन्द्रको दबावमा बयान फेरेको आशंका भइरहेको बेला प्रहरी चौकीमा महराकै पक्षमा निवेदन दिएकी थिइन् ।

रोशनी पछिल्लो समय कुनै शक्ति समूहको नियन्त्रणमा रहेको र उनको फेसबुक समेत अरु कसैले चलाइरहेको बुझिएको छ ।

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले महरालाई पक्राउ गर्नुपरे आफूलाई सोधेर मात्र पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको नेकपाका एक नेताले जानकारी दिए । उनका अनुसार महरालाई पक्राउ नगर्न पूर्वमाओवादी पक्षबाट दबाव बढेपछि प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरीले भने महरालाई पक्राउ नगरे पनि अभियुक्त कै व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

महरा प्रकरणबारे पत्रकार किशोर श्रेष्ठ लेख्छन्, ‘महराजीको पद गयो, रोशनीजीको भविष्य पनि धराप भयो । प्रहरीले गुपचुप समातेर स्वास्थ्य परीक्षण गरायो ।’

पत्रकार श्रेष्ठले अगाडि लेखेका छन्, ‘कम्युनिस्टका अरु नेता र मन्त्रीहरुकै पनि इज्जत लिलाम हुने लाइनमा । अनेक पात्र-अनेक प्रकरण, लहरो तान्ने पहरो गर्जने !’ श्रेष्ठका अनुसार चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणसम्म यो प्रकरणलाई थप नचर्काउने बालुवाटारको रणनीति छ । उनी संकेत गर्दै लेख्छन्,’उत्तरी पाहुनाको भ्रमणसम्म पनि रोकाउने प्रयत्न । धमिलो पानीमा माछा मार्ने खेल त कति कति ।’

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage