scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

प्रदेश प्रमुख कुँवरको दशैं शुभकामना- परमेश्वरले सबैको कल्याण गरुन्


काठमाडौं, १८ असोज । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले बडा दशैंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै दशैं कुनै निश्चित समुदायको मात्र पर्व नभएको बताएका छन् ।

‘नेपाल सरकारले बडा दशैंलाई राष्ट्रिय पर्व घोषणा गरेको छ,’ शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै कुँबरले भनेका छन्, ‘बडा दशैं कुनै निश्चित समुदायले मात्रै नभई अधिकांश नेपालीहरुले धुमधामका साथ मनाउँछन् । समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा बडा दशैं नै हो, जसको अत्यन्त ठूलो महिमा छ ।’

प्रदेश प्रमुख कुँवर खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने बडा दशैंले मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको बताउँछन् । ‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘बडा दशैंले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासी, देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

शुभकामना सन्देशको अन्तिममा उनले भनेका छन्, ‘परमेश्वरले सबैको कल्याण गरून् ।’

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage