scheduleशनिवार कार्तिक २ गते, २०७६

चाडपर्वका कारण इन्धनको मूल्य बढेन


काठमाडौं, १८ असोज । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ ।

अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ । स्वचालित मूल्य प्रणाली अन्तर्गत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने र बढाउने प्रचलन थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage