scheduleशनिवार कार्तिक २ गते, २०७६

नेपाल सम्मिलित टी–ट्वान्टी सिरिज सुरु


काठमाडौं, १८ असोज । नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ । सिंगापुर त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो ।

नेपालले ओमानमा हिजो सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको थियो । नेपालले विश्वकप छनोटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो । सिरिजको पहिलो दिन घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage