scheduleबुधवार मंसिर ४ गते, २०७६

प्रहरीले अष्टमीदेखि टिकाको दिनसम्म नि:शुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौं, १८ असोज । नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले दसैंमा यात्रुको सहजताका लागि भन्दै उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो । चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

त्यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage