scheduleशनिवार कार्तिक २ गते, २०७६

सरकारले मूल्य तोकेपछि काठमाडौंका खसीबोका व्यापारी मर्कामा

काठमाडौं, १८ असोज । सरकारले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसीबोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन् ।

सरकारले दसैंका लागि खसीबोकाको मूल्य प्रतिकेजी ५५० रुपैयाँ तोकिदिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन् ।

फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दिपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसीबोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने भनेर प्रश्न पनि गरे ।

‘आफूले ७ लाख हालेर ल्याएको खसीबोकाको मूल्य ४ लाख पनि उठेन,’ वन्तले भने, ‘ मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ ?’

दसैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैंले पाले जसरी खसीबोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे ।

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन् । अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए । उनले भारतबाट पनि खसीबोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे । दसैंका लागि खसीबोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दसैंमा खसीबोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे । केही नाफा हुने आशामा खसीबोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन् । अष्टमीको दिन केही व्यापार हुने उनीहरुको अपेक्षा छ ।

खसीबोकाको मूल्य तोकेर काठमाडौंमा सुपथ मूल्य पसल नै संचालन गरेको सरकारले व्यापारीहरुले खाएको घाटालाई कसरी सम्बोधन गर्ने हो ? त्यो भने हेर्न बाँकि छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage