scheduleसोमवार फाल्गुन १२ गते, २०७६

झुलाघाटमा मोटरेबल बाटोको माग २८ औं दिन पनि अनसन जारी


बैतडी, १८ असोज । बैतडीको नेपाल भारत सिमानाका झुलाघाटमा मोटरबेल पुल निर्माणको माग गर्दै आज २८ औं दिन पनि अनशन जारी छ । भारतसँग सिमाना जोडिएको झुलाघाटमा मोटरबेल पुल निर्माणको माग गर्दै गत भदौ २२ गतेदेखि रिले अनशन जारी छ ।

मोटरबेल पुल निर्माण हुँदा सुदूर पहाडि जिल्लाको समग्र विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले विगत १० वर्षदेखि सरकारसँग माग गरिरहँदा पनि सुनुवाइ नहुँदा अनशन बस्नु परेको बताए । रोजगारी, स्वास्थ्य उपचार लगायतका लागि सुदूर पहाडका बझाङ, दार्चुला र बैतडीका नागरिक झुलाघाट नाका प्रयोग गर्दै आइका छन् ।

अनसन बसेको महिनादिन हुनै लाग्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेको संयोजक चन्दको भनाई छ । उनले हाल सम्म ६ सयभन्दा बढीले रिले अनशनमा ऐक्यबद्धता जनाइसकेका छन् । तर, लागू भने हुन सकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय