scheduleशनिवार कार्तिक २ गते, २०७६

लोप हुँदै तराई मधेशको झिझिया नाँच


रौतहट, १८ असोज । दशैंको बेला नाचिने झिझिया नाँच लोप हुँदै गएको छ । तराई मधेश तथा भारतको उत्तर बिहारको सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया विशेष गरि दशैंको बेला नाच्ने परम्परा रहेको छ ।

एक दशक पहिलेसम्म मनाइने गरेको यो नाच पछिल्लो समय लोप हुँदै जाँदा संस्कृतिविदहरुले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी महिला र किशोरीहरूले नाच्ने यो नाच अहिले सभा महोत्सवमा नाम मात्रको लागि नाँच्ने गरिन्छ ।

प्वालै प्वाल पारिएको घैंटोभित्र दियो राखेर घैटो टाउकोमा राखी झिझिया गीत गाउँदै यो नाँच नाच्ने गरिन्छ । दशैंको घटस्थापनादेखि महानवमीको रातिसम्म सामूहिक रूपमा महिलाहरूले मौलिक शैलीमा गीत गाउँदै गाउँ डुल्ने गरिन्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage