scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

इराकमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६० पुग्यो


एजेन्सी, १८ असोज । इराकमा सरकारविरुद्ध विगत ४ दिनदेखि जारी प्रदर्शनमा मृत्यु हुनेका संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदर्शनकारी र प्रहरीबीच झडप बढ्दै गएपछि मृत्यु हुनेको संख्या झन् बढ्न सक्ने प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अदेल अबदुल माहदीले प्रदर्शनकारीहरूले उठाएका मागहरु उचित भएकाले प्रदर्शन रोक्न आग्रह गरेका छन् । इराकका व्याप्त बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारका कारण छाएको निराशाका कारण गत मंगलबारदेखि स्वतस्फूर्त रुपमा प्रदर्शनकारी विरोध प्रदर्शनमा उत्रेका हुन् ।

बगदाद र शिया मुसलमानहरूको बाहुल्यता रहेको अमारा, दिवानिया र हिलामा प्रदर्शन जारी छ । यसैबीच, संयुक्त राष्ट्रसंघ र अमेरिकाले इराकमा भइरहेको हिंसाबारे चासो व्यक्त गर्दै इरानी अधिकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage