scheduleशनिवार कार्तिक २ गते, २०७६

राष्ट्रिय महिला भलिबल टिम वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जाने


काठमाडौं, १८ असोज । राष्ट्रिय महिला भलिबल टिम वैदेशिक प्रशिक्षणका लागि थाईल्याण्ड जाने भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोज २९ गते थाईल्याण्ड जाने तय भएको हो । टिम म्यानेजर रिता कोईरालाका अनुसार २२ सदस्यीय नेपाली टिम थाईल्याण्ड जान लागेको हो ।

टिममा १८ खेलाडी, तीन प्रशिक्षक र एक टिम म्यानेजर रहनेछन् । मुख्य प्रशिक्षक जगदिश भट्टले थाईल्याण्ड पुगेपछि मात्र नेपालले खेल्ने टोलीको टुङ्गो लाग्ने बताए । साग र एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि थाईल्याण्डमा वैदेशिक प्रशिक्षकको व्यवस्थापन गरिएको हो ।

त्यहाँ रहँदा नेपाली टिमको विशेष अभ्यासका साथै केही मैत्रीपूर्ण म्याच समेत खेल्नेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage