scheduleमगलवार मंसिर ३ गते, २०७६

युगकविको जन्मस्थलमा चौंतिस फिटको झण्डा


ओखलढुंगा, १८ असोज । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढुंगामा ३४ फिटको झण्डा फहराईएको छ । विजयादशमी अन्तर्गत आज सिद्धिचरणको जन्मस्थानमा ३४ फिट अग्लो झण्डा राखिएको हो ।

प्रदेश सरकारले पठाएको झण्डा र पोल पर्यटकिय क्षेत्रको रुपमा परिचित सिद्धिचरण श्रेष्ठको जन्ममस्थानमा फहराईएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

ओखलढुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरम दृश्य देखाउन सिद्धिचरण श्रेष्ठको जन्मस्थलमा रहेको उनको पूर्णकदको शालिक नजिक झण्डा फहराईएको आचार्यले बताए । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले सिद्धिचरण नगर पर्यटकीय नगरका रुपमा विकास गरिएको बताए ।

जिल्लामा अहिले सम्मकै ठुलो झण्डा फहराउँदै नगरप्रमुख श्रेष्ठले नगरगेट, भ्यु टावर, श्रष्टापार्क, सिद्धिचरण पार्क, संग्रहालय ओखलढुंगो सहितका क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल भईरहेको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage