scheduleशनिवार कार्तिक २ गते, २०७६

लिभरपुलको अपराजित यात्रा कायमै, लेइसेस्टरले पनि रोक्न सकेन

काठमाडौँ, १९ असोज । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले लेइसेस्टर सिटीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि साडियो माने र जेम्स मिल्नरले गोल गरेका थिए ।

लेइसेस्टर सिटीका लागि जेम्स म्याडिसनले गोल गरे ।

खेलको ४० औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औँ मिनेटमा म्याडिसनले बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी रहँदा लिभरपुलले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई सदुपयोग गर्दै मिल्नरले गोल गरे ।

नाटकीय जित हात पारेको लिभरपुलले ८ खेलमा सतप्रतिशत नतिजा निकाल्न सफल रहेको छ ।

लिभरपुल २४ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ । लेइसेस्टर १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage