scheduleसोमवार फाल्गुन १२ गते, २०७६

हङ्‍कङमा आन्दोलन चर्कियाे

काठमाडौँ, १९ असोज । हङ्‍कङमा एकाएक आन्दोलन चर्किएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो केही समय आन्दोलनले उग्ररुप लिएपछि सरकारले पनि कडामा प्रस्तुत भएको हो ।

बिबिसी मिडियाका अनुसार सरकारले मास्क लगाउन प्रतिबन्ध लगाएपछि हजारौँ नागरिकले स्वतस्फूर्त विरोध प्रदर्शन गरेका छन् ।

महिनौँदेखि चलेको सरकारविरोधी प्रदर्शन साम्य पार्न औपनिवेशिककालीन कानुन प्रयोग प्रमुख कार्यकारी क्यारी लामले गरेकी हुन्।

अक्टोबर १ मा एक प्रहरी अधिकृतले १४ वर्षीय प्रदर्शनकारीलाई गोली हानेपछि हुनसक्ने उग्र प्रदर्शनलाई ध्यानमा राखेर मास्क प्रतिबन्ध लगाइएको हो।

खुट्टामा गोली लागेका युवाको अवस्था गम्भीर रहेको बताइएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय