scheduleशनिवार कार्तिक २ गते, २०७६

वायर्न म्युनिखलाई होफेनहाइमले नमिठो हारको स्वाद चखायाे

काठमाडौँ, १९ असोज । जर्मन बुन्डेस लिगा वायर्न म्युनिखलाई होफेनहाइमले नमिठो हारको स्वाद चखाएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्यन २१ गोलले होफेनहाइमसँग पराजित भएको हो ।

होफेनहाइमको जितमा सर्गिस अडामयानले दुई गोल गरेका थिए भने वायर्नका लागि एकमात्र गोल रोबर्टो लेवान्डोस्कीले गरे ।

खेलको ५४ औं मिनेटमा सर्गिसले गोल गरे ।

खेलको ७३ औं मिनेटमा लेवान्डोस्कीले बराबरी गोल फर्काए ।

तर, खेलको ७९ औं मिनेटमा सर्गिसले गोल गर्दै होफेनहाइमलाई जित दिलाउन सफल भए ।

होफेनहाइम ८ अंक जोडेर ११ औं स्थानमा छ । शिर्षस्थानको बार्यनको ७ खेलमा १४ अंक रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage