scheduleशनिवार कार्तिक २ गते, २०७६

अविवाहित विदेशी जोडी होटेलमा सँगै बस्न पाउने

एजेन्सी, १९ असोज । अबदेखि साउदी अरबका होटेलमा अविवाहित विदेशी जोडी सँगै बस्न पाउने भएका छन् ।

साउदी सरकारले पर्यटन प्रबर्द्धन गर्न भन्दै अविवाहित विदेशी जोडी होटेलमा एकसाथ बस्न सक्ने घोषणा गरेको हो । साउदी अरबको पर्यटन तथा राष्ट्रिय सम्पदा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको छ ।

‘साउदी अरबका नागरिकका लागि नाता प्रमाण या रिलेशनशिपको प्रमाणको दस्तावेज होटल चेकिंगका क्रममा देखाउनु पर्नेछ तर विदेशी जोडीका लागि त्यो आवश्यक हुने छैन’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यसअघि विवाह भएको प्रमाणपत्र पेश गरेपछि मात्रै होटलमा जोडीलाई सँगै बस्ने अनुमति थियो । तर नयाँ घोषणासँगै विदेशी जोडी साउदी अरब गएमा विवाहित रहेको प्रमाणित गर्नुपर्ने छैन ।

त्यस्तै महिलाले समेत होटलमा एक्लै कोठा लिएर बस्न सक्ने व्यवस्था पनि गरिएको छ । ‘सबै महिलाले परिचयपत्र देखाएर होटलमा कोठा बुक गर्न सक्नेछन् र साउदीको महिलाको हकमा समेत यो व्यवस्था लागू हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage