scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

टि-२० अन्तर्राष्ट्रिय सिरीज: आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, १९ असोज । शनिबारबाट ओमानमा सुरू भएको ५ राष्ट्र सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजमा आज नेपाल र हङकङ भिड्दै छन् ।

नेपाल र हङकङबीचको खेलनेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे ओमान क्रिकेट संघको मैदानमा सुरु हुनेछ ।

हालसम्म नेपाल र हङकङ  टी–ट्वान्टी खेलमा ७ पटक भिडेका छन । यसमध्ये हङकङ ४ पटक र नेपाल १ पटक मात्रै विजयी भएको छ ।

सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिज खेलेर नेपाली टोली सिरीजमा सहभागी हुन ओमान पुगेको हो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको थियो । नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो । अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि नेपालले खेल्न लागेको यो पहिलो खेल हो । नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वि हुन् ।

हङकङ विश्व कप छनोटको तयारीमा छ । नेपालले भने स्वदेशमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा लिएको छ । बाबर हायातलगायत केहि अनुभवी खेलाडी हङकङ टोलीमा नरहेका कारण नेपालका लागि केही सहज हुने अनुमान गरिएको छ ।

हङकङ पहिलो खेलमा शनिबार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage