scheduleशनिवार कार्तिक २ गते, २०७६

अमेरिका र उत्तर कोरियाबीच स्विडेनमा जारी वार्ता भङ्ग

एजेन्सी, १९ असोज । अमेरिका र उत्तर कोरियाबीच स्विडेनमा जारी वार्ता भङ्ग भएको छ ।

उत्तर कोरियाका प्रमुख वार्ताकारले अमेरिका र आफ्नो देशबीच शनिबारदेखि स्विडेनमा जारी वार्ता भङ्ग भएको बताएका हुन् ।

अमेरिकी तथा उत्तर कोरियाली प्रतिनिधिले शनिबार उत्तरी कोरियाको आणविक कार्यक्रमबारे स्विडेनको राजधानी स्टकहोममा वार्ता गरेका थिए । तर वार्ता भएको केही घण्टापछि नै उत्तर कोरियाली प्रतिनिधिले वार्ता भङ्ग भएको बताएका छन् ।

गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा पहिलो पटक शिखर सम्मेलन भएको थियो । त्यस्तै जुन महिनामा ट्रम्प र किमबीच पुन: भेटघाट भएको थियो ।

द्धिपक्षीय वार्तामा देखिएको गतिरोध अन्त्य गर्न भन्दै अमेरिकी र उत्तर कोरियाली प्रतिनिधिले स्टकहोममा ‌औपचारिक वार्ता सुरु गरेका थिए ।

तर अमेरिकाले आफ्नो अडान नछोड्दा जारी वार्ता भङ्ग भएको उत्तर कोरियाका प्रमुख वार्ताकार किम मिओङ गिलले बताएका छन् । अमेरिकी प्रतिनिधिले ‘पुरानो अडान र दृष्टिकोण नत्यागेकाले’ वार्ता भङ्ग भएको गिलको भनाइ छ ।

यता अमेरिकाले भने वार्ता भङ्ग भएको कुरा गलत भएको जनाएको छ । अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ता मोर्गान ओर्टागुसले एक वक्तब्य जारी गर्दै यस्तो टिप्पणी गरेकी हुन् ।

‘यसअघि उत्तर कोरियाली प्रतिनिधिले भनेको कुराले आज भएको साढे ८ घण्टा लामो छलफलको सार र विषयवस्तु झल्काउँदैन’, ओर्टागुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलमा हामीले रचनात्मक कुरा उठाएका थियौं र हामीले उत्तर कोरियाली प्रतिनिधिसँग राम्रो कुराकानी गर्‍यौं ।’

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage