scheduleबुधवार आश्विन २९ गते, २०७६

महरा पक्राउ हुनु खुसीको कुरा नभए पनि कानुनी राज्यको इज्जत होः नेता खतिवडा


काठमाडौं, १९ असोज । समाजवादी पार्टीका उपमहासचिव तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाले निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ हुनु खुसीको कुरा नभए पनि कानुनी राज्यको इज्जत भएको बताएका छन् ।

आइतबार साँझ नेपाल प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि खतिवडाले फेसबुकमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् । ‘महरा पक्राउ परे- यो खुशीको कुरा हैन,’ उनले भने, ‘खुशीको कुरा- कानुनी राज्यको इज्जत हो ।’

लोकतन्त्रमा सबैलाई कानुनी उपचारको व्यवस्था हुनुपर्ने उनको तर्क छ । ‘व्यक्तिले व्यक्तिलाई मात्र हैन, राज्यले पनि व्यक्तिमाथि अत्याचार गर्न सक्छ भन्ने मान्यतामा लोकतन्त्र बनेको हुन्छ,’ उनी भन्छन्, ‘लोकतन्त्रमा सभामुख महरा मात्र हैन- रास्ट्रपतिदेखि तपाईं हामी जो पनि सबै समान कानुनी उपचारका हकदार हुन्छौं । राज्यको ठूलो पद लिँदैमा अपराधबाट उन्मुक्ति पाइदैन भन्ने सबैले मनमा राखे लोकतन्त्र साँचो अर्थमा सफल हुनेछ ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage