scheduleशनिवार कार्तिक २ गते, २०७६

भाजपा नेतासहित ५ जनाको निर्मम हत्या

एजेन्सी, २० असोज । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता रविन्द्र खरातसहित ५ जनाको निर्मम हत्या भएको छ ।

अज्ञात समूहले खरातसहित उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणकारीले बन्दुक र चक्कु प्रहार गरी ५ जनाको हत्या गरेको समाचारमा जनाइएको छ । आक्रमणबाट २ जनाको घटनास्थलमा नै ज्यान गएको थियो भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

अज्ञात समूहले भुसावल शहरस्थित समतानगर परिसरमा आफ्नो घरबाहिर बसिरहेका बेला खरातसहित ५ जनामाथि हमला भएको थियो ।

घरबाहिर गोली चलेपछि खरातका भाइ सुनील बाहिर आएका थिए । लगत्तै हमलाकारीले उनीमाथि समेत गोली चलाएका थिए । सुनीलले ज्यान जोगाउन छिमेकीको घरमा घुसेपछि त्यहाँ पनि गोली वर्षाइएको थियो ।

त्यसपछि आक्रमणकारीले रविन्द्रका दुवै छोरा र श्रीमतीमाथि चक्कु प्रहार गरे । घटनापछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage