scheduleशुक्रवार मंसिर ६ गते, २०७६

टि-२० सिरीज: नेपालले नेदरल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं, २० असोज । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरीजमा आज नेपाल र नेदरल्याण्ड भिड्दै छन् ।

नेपालले सिरीजअन्तर्गतको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपाली टोलीले नेदरल्यान्ड्सलाई ब्यटिङको निम्तो दिएको हो । आजको खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ ।

आइतबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । आइतबार हङकङविरुद्धको खेलमा करन केसी र विनोद भण्डारीले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका थिए ।

नेपाली टोली आजको खेलमा पनि जित निकाल्ने दाउमा छ । यता पहिलो खेलमा आयरल्यान्डसँग हारेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ । नेदरल्यान्ड्स पहिलो खेलमा आयरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।

ओमानले आयोजना गरेको सिरिजमा ओमनसहित नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्यान्ड रहेका छन् । सुरुवाती दुई खेलमा जित निकालेको ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेलमा जित निकालेको नेपाल दुई अंकसहित दोस्रो स्थानमा छ ।

नेट रनरेटका आधारमा दुई खेलबाट एक जितसहित दुई अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage