scheduleशनिवार कार्तिक २ गते, २०७६

अफगान जेलबाट दर्जनौं तालिवान बन्दी रिहा

एजेन्सी, २० असोज । अफगान जेलबाट कैयौं तालिवान बन्दी रिहा भएका छन् ।

सोमबार तालिवानले अफगान जेलमा रहेका दर्जनौं बन्दीहरु रिहा भएको जानकारी दिएको हो । रिहा हुनेमा  २ जना पूर्व छायाँ गभर्नरहरुसमेत रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै तालिवानले आफ्नो कब्जामा रहेका ३ जना भारतीय इन्जिनियरलाई समेत मुक्त गरेको समाचारमा बताइएको छ । तर यसबारे भारतीय र अफगान सरकारले कुनै प्रतिक्रिया दिएका छैनन् ।

सरकार र तालिवानबीच शान्ति सम्झौताको संभावना टरेको खबर आएको केही समयपछि नै सरकारले जेलमा रहेका बन्दी रिहा गरेको हो । केही समयअघि अमेरिकी दूत र उच्चस्थ तालिवान नेताबीच पाकिस्तानको इस्लामाबादमा वार्ता समेत भएको थियो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage