scheduleशनिवार कार्तिक २ गते, २०७६

दुश्मनले इरान र इराकबीच झगडाको बीउ रोप्न चाहन्छन् : सर्वोच्च नेता खोमिनी

एजेन्सी, २० असोज । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले दुश्मनहरु इरान र इराकबीच झगडा होस् भन्ने चाहेको बताएका छन् ।

सोमबार ट्विट गर्दै नेता खोमिनीले यस्तो बताएका हुन् । इराकी र इरानी नागरिकका दुश्मनहरुले झगडाको बीउ रोप्न चाहेको तर आफूहरुले यस्तो प्रयासलाई असफल पारिरहेको उनको भनाइ थियो ।

‘इरानी र इराकी नागरिकको मन र आत्मा ईश्वरप्रतिको आस्थाले जोडिएको छ’, आफ्नो ट्विटमा खोमिनीले भनेका छन्’, ‘र यो सम्बन्ध दिनदिनै थप मजबूत हुँदै गइरहेको छ ।’

‘हाम्रा दुश्मनले झगडाको बीउ रोप्न चाहेका छन् तर उनीहरु यसमा असफल भइरहेका छन् र उनीहरुको षडयन्त्र निष्प्रभावी हुनेछ’, ट्विटमा भनिएको छ । इरानको सरकारी समाचार माध्यम आईआरएनएले इराकमा जारी हिंसाप्रतिको प्रतिक्रिया स्वरुप खोमिनीले उक्त ट्विट गरेको जनाएको छ ।

हालै इराकमा भएको हिंसामा १०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । प्रदर्शनकारी र सुरक्षाबलबी झडप हुँदा उक्त हताहती भएको हो । ज्यान गुमाउनेमध्ये अधिकांशलाई गोली लागेको थियो ।

तर इराकी अधिकारले अपरिचित स्नाइपरले प्रदर्शनकारीमाथि गोली चलाएको आरोप लगाएका छन् । यता छिमेकी मुलुकमा हिंसा भड्किँद गएपछि इरानले आफ्ना नागरिकलाई इराकको धार्मिक यात्रा रोक्न भनेको छ ।

इतिहासदेखि नै इरान र इराकबीच निकै घनिष्ट तर जटिल सम्बन्ध रहँदै आएको छ । शिया मुस्लिम समूहका राजनीतिज्ञमाझ इरानको प्रभाव बढी देखिन्छ । यी दुबै मुलुक सन् १९८० देखि १९८८ सम्म रक्तपातपूर्ण युद्धमा होमिएका थिए । अमेरिकाले इराकमाथि गरेको आक्रमण लगत्तै सद्दाम हुसेनको पतन भएपछि इरानको प्रभाव थप विस्तार हुँदै गएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage