scheduleशनिवार कार्तिक २ गते, २०७६

नेदरल्याण्डद्वारा नेपाललाई १३४ रनको लक्ष्य प्रस्तुत, नेपालको खराब सुरुवात

काठमाडौं, २० असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा नेदरल्याण्डले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १३३ रनमा समेटिएको थियो ।

नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।

जितका लागि १३४ रनको लक्ष्य पाएको नेपालले अहिले ब्याटिङ गरिरहेको छ । हाल ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले २ विकेट गुमाउँदै अहिले ब्याटिङ गरिरहेको छ ।

नेपालका ओपनर पवन सर्राफ १६ बलमा ९ रन तथा आरिफ सेखले ६ बलमा २ रन जोड्दै आउट भइसकेका छन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage