scheduleशनिवार कार्तिक २ गते, २०७६

महरालाई उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या, अस्पताल जान मानेनन्

फाइल फोटो

काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेपछि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या देखिएको छ ।

महराको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर उनको चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या देखिएको छ ।

उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या देखिएपछि परिवारले महरालाई अस्पताल लैजान चाहेको तर उनी जान नमानेको बुझिएको छ । उनले प्रहरी हिरासतको कोठामा रहने इच्छा देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । महराले एकान्त रुचाएकाले हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ ।

पहिलो पनि कम बोल्ने नेतामा पर्ने महरा हिरासतमा पनि मौन रहेको, उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ र उनी प्रायः पल्टिएर बसेको स्रोतले बतायो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage