scheduleशनिवार कार्तिक २ गते, २०७६

भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख हेरिँदैनः प्रम ओली


दमक, २० असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख नहेरिने बताएका छन् ।

भर्खरै सभामुख कृष्णबहादुर महरा यौन दुराचारको आरोपमा पक्राउ परिररहेको सन्दर्भमा उनले भने, ‘यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोहीलाई कारवाही गर्छ । तपाईहरुले देख्दै र सुन्दै आउनुभएको छ, जस्तो सुकै हैसियतमा भए पनि हामी कसैलाई छाड्दैनौं ।’

सोमबार नवमीको अवसर पारेर झापाको दमकमा प्रधानमन्त्री ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका ओलीले उक्त कुरा बताएका हुन् । उनले सरकार भ्रष्टाचार विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने कुरा दोहोर्‍याए ।

‘आचरण र ब्यवहार बिगार्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छाडिदैन,’ उनले बताए, ‘सरकारले केहि गरेन भनेर कुरा काट्ने जमातलाई भन्दा हामी काम र जनताको पीरमर्कालाई केन्द्रमा राखेर काम गर्दै आएका छौं ।’

एकबर्षमा यो सरकारले देशभर १६ सय किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सुनाउँदै उनले भने, ‘यतिधेरै कालोपत्रे कुनै सरकारले एक बर्षमा यो भन्दा अघि गरेको भए त्यो कसैले देखाए हुन्छ ।’ उनले एकबर्षको अवधिमा चार सयभन्दा बढी खोलामा पुल बनेको बनेको तथ्यांक पनि सुनाए ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले धार्मिक सहिष्णुता तथा चाडपर्वप्रति वितृष्णा सिर्जना गर्ने तत्वहरू समेत सक्रिय रहेको भन्दै यस बिषयमा सचेत हुन पनि आग्रह गरे । दशैं नेपालीहरूको सबैभन्दा महत्वपूर्ण र विशेष चाड भएको भन्दै यो हरेक नेपालीहरुको पहिचान भएको समेत उनले बताउए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage