scheduleबुधवार मंसिर ४ गते, २०७६

अर्घाखाँची दुर्घटनाका परेका मृतकको सनाखत (सूचिसहित)


अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर ६ रातामाटामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । सशस्त्र प्रहरीका नायब उपरीक्षक माधव रेग्मीका अनुसार मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमती वर्ष ४६ की श्यामकला खनाल रहेका छन् ।

एक जना मृतक पुरूषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते भएका छन् ।

घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अन्य घाईतेहरूको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage