scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे मन्त्री भट्टराईले लिए जानकारी


बुटवल, २० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।

नागरिक उड्यन प्राधिकरणका पदाधिकारीसहित अनुगमनमा पुगेका मन्त्री भट्टराईले स्थलगत निरीक्षणपछि विमानस्थल निर्माण कार्यले गति लिँदै गएकोमा खुसी व्यक्त गरे । राष्ट्रिय गौरवको आयोजनामा परेको विमानस्थलको निर्माण कार्यले पछिल्लो समय गति लिएको उनले बताए ।

आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ, नयाँ समस्याहरू देखापर्दै जाने भन्दै उनले त्यसलाई समयतालिका बनाएर समाधान गरिने धारणा राखे । आगामी कार्ययोजनाका बारेमा छलफल गरी समयतालिका सहितको योजना निर्माण गरिएको मन्त्री भट्राइले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage