भीरबाट लडेर बितिन् २३ वर्षीया विपना
जुम्ला, २० असोज । जुम्लाको हिमा गाउँपालिका ६ स्थित देवलडाँडा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीया विपना अधिकारी रहेको रारालिही प्रहरी चौकी इन्चार्ज कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार शनिबार लेकबाट आलु ल्याउँदै गर्दा बाटोमा चिप्लिएर उनी लडेकी हुन् । मृतक अधिकारीको शव साढे दुई सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले बताए ।
शवलाइ कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ ।