scheduleशनिवार कार्तिक २ गते, २०७६

नागरिक भन्छन्- दशैं महंगो भयो


बैतडी, २० असोज । बैतडीका नागरिकले यस पालिको दशै महङ्गो भएको बताएका छन् ।

गत वर्षको तुलनामा खाद्यवस्तु तथा लुगा कपडाको मुल्यमा २५ देखि ३० प्रतिसतको हाराहारीमा मुल्य बृद्धि भएको नागरिकको गुनासो छ । बजारमा तरकारीको किनि नसक्नु गरी महंगो भएको उनीहरु बताउँछन् ।

दशैंका बेला बढी खपत हुने तरकारीजन्य वस्तुमध्ये प्याज बढी बिक्री हुन्छ । बैतडीमा प्याजको मुल्य २ सय रुपैयाँ प्रति केजि छ । त्यसपनि २५० ग्राम प्रतिव्यक्ति दिनुपर्ने बाध्यता रहेको ब्यापारी बिर्खराज अवस्थी गुनासो गर्छन् ।

गत वर्षको तुलनामा यस वर्ष दशै तिहारको समयमा अन्य दैनिक उपभोग्यका समानहरु महङ्गिएको छ । लुगाफाटोदेखि खानपानका समानहरुको मुल्य महङ्गिएको ब्यापारीहरुले बताएका छन् ।

सरकारले सुपथ मुल्यका पसलहरु सञ्चालन गर्ने भनेपनि कार्यान्वयन फितलो रहेको छ । सहर केन्द्रीत सुपथ मुल्यका पसलहरु सञ्चालन गर्ने गरेको तर ग्रामिण भेगका सर्वसाधारणहरु स्थानीय बजारहरुमा महङ्गोमा समान खरीद गर्न बाध्य रहेको बताउँछन् स्थानीय जगदिश भट्ट ।

बजार क्षेत्रहरुमा पनि सबै ठाउहरुमा मुल्यमा एकरुपता नरहेको स्थानीयहरुको गुनासो रहेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत साता बजार अनुगमन गरिएको थियो तर सबै पसलहरुमा मुल्य सुचि नराखेको पाइएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage