scheduleशुक्रवार मंसिर ६ गते, २०७६

अमेरिकी सेना फिर्ता भएसँगै उत्तर सिरियामा हमला गर्ने टर्कीको तयारी

एजेन्सी, २१ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेका छन् । ट्रम्पको घोषणासँगै टर्कीले उत्तरी सिरियामा हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रय समाचार माध्यमले जनाएका छन् ।

तर यदि उत्तरी सिरियामा हमला गरे टर्कीको अर्थतन्त्र नै सखाप पारिदिने चेतावनी ट्रम्पले दिएका छन्। टर्कीले उसको सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र सखाप पारिदिने ट्रम्पको भनाइ छ ।

आईएसआईएस विरुद्धको लडाइमा कुर्द लडाकुले अमेरिकी सेनालाई निकै सहयोग गरेका थिए। तर टर्कीले भने कुर्द लडाकुलाई उग्रवादी संगठन भन्दै आएको छ ।

अमेरिकी सेना फिर्ता हुने घोषणासँगै टर्कीको रक्षा विभागले उत्तरी सिरियामाथि आक्रमणको पूर्ण तयारी भइरहेको जनाएको छ।

कुर्द लडाकुले सेना फिर्ता गर्ने अमेरिकी निर्णयलाई ‘पिंठपछि छुरा हानेको’ भनेर टिप्पणी गरेको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage