scheduleबिहिवार फाल्गुन १५ गते, २०७६

आज पोखरा र चितवनमा नि:शुल्क बस सेवा सञ्चालन

पोखरा, २१ असोज । आज विजयादशमीको दिन सर्वसाधारणलाई सहज होस् भनेर चितवन र पोखरामा नि:शुल्क बस सेवा सञ्चालन गरिएको छ । दसैंमा टीका लगाउन आवतजावत गर्ने यात्रुको सुविधालाई ध्यानमा राखेर नि:शुल्क बस सेवा संचालन गरिएको हो।

चितवनमा भरतपुर महानगरपालिका , जिल्ला प्रहरी कार्यालय चितवन र जुनियर प्रहरी अधिकृत शिक्षालयको समन्वयमा सुमदाय प्रहरी साझेदारी अभियान अन्तर्गत नि:शुल्क बस सेवा संचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले टिकाको दिनमा यात्रुको चाप बढी हुने भएकाले नि:शुल्क बस सेवा सञ्चालन गरिएको बताएको छ ।

त्यस्तै सर्वसाधारणलाई टिकाको दिन सहज होस् भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले पोखरामा नि:शुल्क बस सेवा उपलब्ध गराएको छ। दसैंमा यातायात साधन कम चल्ने भएकोले  यात्रुलाई सेवा दिन निशुल्क बस सेवा उपलब्ध गराएको प्रहरीले बताएको छ।

चितवनमा  पाँच वटा रुट तय गरेर बस सेवा संचालन गरिएको छ। नारायणगढको पुल्चोकदेखि लोथरसम्म , पुल्चोकदेखि चौविसकोठी हुँदै गितानगर , पश्चिम चितवनको रामपुर चनौली र भरतपुरको वाईपास रिङरोडमा विहानैदेखि बस सेवा सुरु गरिएको हो।

बसमा एक जना सुरक्षाकर्मी पनि खटिएका छन्। जिल्लाको मुख्य सडकमा  प्रहरी शिक्षाालय , चितवन मेडिकल कलेज र निजि विद्यालयका गरी ५ वटा बस संचालन गरिएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय