scheduleशनिवार कार्तिक २ गते, २०७६

मौसम खबर : देशभर आजको मौसम कस्तो छ ?(आगामी ३ दिनको पूर्वानुमानसहित)

काठमाडौं, २१ असोज । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार विजयादशमीको दिन देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखी सामान्य बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको छ ।

मंगलवार दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम खबर यस्तो छ :

मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको उत्तर तर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भू-भागमा आंशिकदेखी सामान्य बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

असोज २१ गते (मंगलवार) शुभ विजया दशमीको दिन

दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage