scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

सेल्फीले लियो नवविवाहित युवतीसहित ४ जनाको ज्यान

एजेन्सी, २१ असोज । सेल्फी खिच्ने क्रममा भारतको तमिलनाडु राज्यमा एक नवविवाहित युवतीसहित र परिवारका अन्य ३ सदस्यको ज्यान गएको छ ।

प्रहरीका अनुसार सेल्फी फोटो खिच्ने क्रममा सरोवरमा ४ जना डुबेको र उनीहरुले ज्यान गुमाएको प्रहरीले बताएको छ।

समाचार माध्यमका अनुसार ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए।

गहिरी स्थानमा पुगेका व्यक्ति चिप्लिएको र उनले अन्यलाई पनि तानेका थिए । सोही क्रममा उनीहरु सरोवरमा डुबेका थिए । नवविवाहित युवतीका पतिले आफ्नो बहिनीलाई भने बचाउन सफल भएका थिए तर बाँकी सबै डुबेका थिए ।

द हिन्दू पत्रिकाका अनुसार आइतबार कृष्णागिरीको बार्गुर निवासी नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए। साथमा दुलहाका बहिनी पनि थिइन्।

तीनजना पानीभित्र पसेका थिए र साथमा तीन किशोरकिशोरी पनि थिए। त्यतिनैखेर १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानिन्। उनीहरूसँगै दुलही पनि डुबेकी थिइन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage