scheduleबुधवार आश्विन २९ गते, २०७६

‘असत्यमाथि सत्यको विजय होस्’ भन्दै टिका लगाए डा. भट्टराईले

काठमाडौं, २१ असोज । सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताको हातबाट दसैंको टिका ग्रहण गरेका छन् ।

डा. भट्टराईले आफ्ना पिता भोजप्रसाद भट्टराईबाट दसैंको शुभसाइत पारेर टिका ग्रहण गरेका हुन् । आज बिहान १०:३५ को शुभसाइत पारेर पिताको हातबाट टिका लगाएपछि उनले ट्विट समेत गरेका छन् । भट्टराईले आफ्नो ट्विटमा टिका ग्रहण गरेका तस्बिर समेत पोष्ट गरेका छन् ।

‘शुभविजयादशमीको उपलक्ष्यमा ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण! सबैको भलो होस्!’, डा. भट्टराईले आफ्नो ट्विटमा लेखेका छन्, ‘देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस्!’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage