scheduleशनिवार कार्तिक २ गते, २०७६

राष्ट्रपति भण्डारीले आफन्तलाई लगाइदिइन् दसैंको टिका

काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना आफन्तहरुलाई दसैंको टिका लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार विजया दशमीको अवसरमा आफन्तलाई टिका लगाइदिएकी हुन् । भण्डारीका आफन्तहरु टिका ग्रहण गर्न राष्ट्रपति निवासमा भेला भएका थिए ।

सो अवसरमा भण्डारीले समेत टिका ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले विजया दशमीका दिन आज राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गरेकी हुन् ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले हनुमानढोकाका मूल पूजारीलाई टिका लगाइदिएकी थिइन्। साथै भण्डारीले आफन्तबाट समेत टिका ग्रहण गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा भण्डारीको हातबाट टीका थाप्नेहरु भीड लागेको थियो।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage