scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रदेश २ का कर्मचारी र सुरक्षाकर्मीले सभामुख यादवसँग दसैं मनाए

जनकपुरधाम, २१ असोज । प्रदेश नम्बर २ का कर्मचारी र सुरक्षाकर्मीले प्रदेशसभाका सभामुखको हातबाट टिका ग्रहण गरेका छन् ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेश सभामा कार्यरत मर्यादापालक, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई विजया दशमीको अवसरमा टिका लगाइदिएका हुन् ।

दसैंको टीका थाप्न घर जान नपाएका मर्यादापालक, कर्मचारी र सुरक्षाकर्मीलाई सभामुख यादवले आफ्नै निवासमा टीका तथा जमरा लगाइदिएका थिए।

सो अवसरमा आफ्नो काम र कर्तव्यको कारण कर्मचारी र प्रहरीहरु दसैं मनाउन घर जान नपाएकाले आफूले नै टीका जमरा लगाएर दसैं मनाएको सभामुख यादवले बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage