scheduleशनिवार कार्तिक २ गते, २०७६

धुलिखेल कारागारमै कैदीबन्दीलाई आफन्तले लगाए टीका


बनेपा, २१ असोज । दसैंको अवसर पारेर काभ्रेको धुलिखेल कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तले टीका र जमरा लगाइदिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरेको थियो । कैदीबन्दीका आपमmन्तले टीका र जमरा लगाइदिएको कारागार सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दसैंभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिदिएको छ । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्त टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी घर हुनेका परिवार ढिला आउने गरेकाले दसैंभरिका लागि कारागार प्रशासनले व्यवस्था मिलाएको हो । धुलिखेल कारागार २३५ कैदीबन्दी रहेका छन् । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage