scheduleशनिवार कार्तिक २ गते, २०७६

५० लाख बराबरको भन्सारछलीका सामान सामान बरामत


बारा, २१ असोज । भारतबाट भन्सार छली नेपाल ल्याएको अवैध कपडा, पशुचौपाय तथा ६ वटा सवारी सधान सहित ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका ६ सानो ईटवाल टोलमा डेरागरी बस्ने ३ जनाले भारतबाट मोटरसाईकलमा अन्दाजी मुल्य ३३ लाख हजार बराबरको भन्सार छलीका कपडा लिएर आउँदै गर्दा कपडासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका बाराको आदर्शकोतवाल गाउँ पालिका ५ का अन्दाजी वर्ष ३४ को रामरतन यादव, उनका भाइ अन्दाजी वर्ष २९ का जयमंगल प्रसाद यादव, सोही स्थान निवासी अन्दाजी वर्ष ४५ को हेमचन्द्र तिवारी पक्राउ परेका बारा प्रहरीले जनाएको छ ।

उनीहरूले भारतबाट ५ वटा मोटरसाइकलमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कपडाहरू डेरा कोठामा स्टोर गरी राखेको र केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले सो सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage