scheduleशनिवार कार्तिक २ गते, २०७६

आज एकादशीः बहुसंख्यक स्थानमा आज पनि टीका


काठमाडौं, २२ असोज । विजया दशमीको ११ औं दिन आज एकादशी । हिन्दु तिथीको ११ औँ दिनलाई एकादशी भनिन्छ। आज पनि दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् ।

नेपालका बहुसंख्यक स्थानमा कोजाग्रत पूर्णिमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन छ । यस दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्‍ने चलन छ ।

एकादशी पनि भएकोले आज व्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने गरिन्छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

आजको बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रत सुरु गर्दै पूजापाठ र मठमन्दिरमा दर्शनपश्चात् यस एकादशीको एकादशी महिमा सुन्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ ।

एकादशीमा वर्त बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फवाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ । आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage