scheduleशनिवार कार्तिक २ गते, २०७६

छोरा र श्रीमतीको कुटाईबाट मारिए एक वृद्ध


राजविराज, २२ असोज । कान्छो छोरा र श्रीमतीको पिटाईबाट आइतबार एक बृद्धको मृत्यु भएको छ । सप्तरीको महदेवा गाउँपालिका १ बजुराही बस्ने ६२ वर्षीय महमद गफुर पमरियाको छोरा र श्रीमतीको कृटपिटबाट मृत्यु भएको हो ।

कुटपिटमा संलग्न छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । मृत्युपछि २० वर्षीय कान्छो छोरो नहिम पमरिया र श्रीमती ५० की जमुनी खातुन फरार रहेका थिए । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

कान्छो छोरा र श्रीमती मिलेर कुटपिट गर्दा घाइते गफुरको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा आइतबारै राती नै मृत्यु भएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage