scheduleशनिवार कार्तिक २ गते, २०७६

टी–ट्वान्टी सिरिज: नेपालले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने


काठमाडौं, २२ असोज । पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गत आज नेपालले आयरल्याण्डको सामना गर्दैछ ।

ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीसहित मैदानमा उत्रिनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने खेल नेपालको लागि सहज भने छैन । आयरल्याण्ड टेष्ट राष्ट्र हो ।

यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरिसकेको छ । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हारसहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage