scheduleबुधवार मंसिर ४ गते, २०७६

आप्रवासी कामदारको समस्या समाधानमा अब मानव अधिकार आयोग पनि


काठमाडौं, २२ असोज । आप्रवासी कामदारहरुले भोगिरहेको समस्या समाधानको लागि मानव अधिकार आयोगले विशेष पहल गर्ने भएको छ । आप्रवासी कामदारहरुले गन्तव्य मुलुकमा जाँदा त्यहाँको भर्ना प्रक्रिया, गन्तव्य देशको कानुन, शोषणमा परिरहेको भन्दै आयोगले विषेश पहल गर्ने भएको हो ।

गन्तव्य मूलुकमा जाँदा बनाईने श्रम सम्झौता पारदर्शी हुनुपर्ने, सिप सिकेका कामदारलाई मात्र श्रम बजारमा पठाउँने लगायतका कुरामा आयोगले अनुगमन नै गर्ने आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए । आयोगले यसअघि आप्रवासी कामदारहरुकै मानव अधिकार रक्षा कसरी गर्ने भन्ने सम्बन्धमा आगामी कात्तिक २६ गतेदेखि २८ गते सम्म अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दैछ ।

आप्रवासी कामदारहरुले भोगिरहेको समस्या समाधानमा अन्तर्राष्ट्रिय मानव अधिकार आयोगहरुले खेल्ने भूमिकाको विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage