scheduleशनिवार कार्तिक २ गते, २०७६

आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता


काठमाडौं, २२ असोज । पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज आयरल्याण्डको सामना गरिरहेको छ । बुधबार जारी तेस्रो खेलमा टेष्ट राष्ट्रविरुद्ध नेपालले पहिलो विकेट लिएको हो ।

नेपाललका लागि सन्दिप लामिछाने आयरल्यान्डका केभिन ओब्रायनलाई ५ रनमा आउट गरे । नेपालले टस हरेर पहिले बलिङको निम्तो पाएपछि अहिले बलिङ गरिरहेको छ ।

ओमानको क्रिकेट एकेडेमीको मैदानमा टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । आयरल्याण्ड अहिले ७ ओभर खेल्दा एक विकेट गुमाउँदै ५९ रन जोड्न सफल भएको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । रोहित पौडेल र पवन शर्राफको स्थानमा इसान पाण्डे र सन्दीप जोराले मौका पाएका छन् ।

नेपालले यसअघि आफ्ना दुवै खेल जितेको छ । ३ खेल खेलेको आयरल्यान्डले भने २ मा जित र १ मा हार बेहोरेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage