scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

राजवंशीले तोडे ८८ रनको साझेदारी, नेपाललाई छैटौं सफलता


काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले छैटौं विकेट झारेको छ । नेपालका लागि ललितनारायण राजवंशीले १२औं ओभर तथा आफ्नो अन्तिममा विकेट लिएपछि अर्को बलमा अर्का खेलाडी रनआउट भए ।

तेस्रो खेलमा टेष्ट राष्ट्रविरुद्ध सुरुमै सन्दीप लामिछानेले एक विकेट लिए पनि त्यसपछि आयरल्यान्डको विकेट झार्न नेपाललाई धौधौ परेको थियो । राजवंशीले लिएको दुई विकेटसँगै नेपाल पुनः लयमा फर्किएको छ । उनले आयरल्यान्डको ८८ रनको साझेदारी तोडेका हुन् ।

त्यसैगरी अविनाश बोहराले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा अर्को विकेट झार्दै नेपाललाई चौथो सफलता दिलाएका छन् । लगत्तै बलिङ गर्न आएका करण केसीले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा अर्को एक विकेट खसालेर नेपाललाई पाँचौं सफलता दिए भने उनले लगातार अर्को बलमा पनि विकेट लिँदै आयरल्याण्डका ब्याट्स्म्यान पौर स्टिर्लिङलाई पेभेलियन फर्काउँदै नेपाललाई छैटौं सफलता दिलाए । स्टिर्लिङ ४७ बलमा ६ चौका र दुई छक्कासहित ५९ रन बनाएर ब्याटिङ गरिरहेका थिए ।

टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज आयरल्याण्डको सामना गरिरहेको छ । यसअघि नेपाललका लागि सन्दिप लामिछाने आयरल्यान्डका केभिन ओब्रायनलाई ५ रनमा आउट गरे ।

नेपालले टस हरेर पहिले बलिङको निम्तो पाएपछि अहिले बलिङ गरिरहेको छ । ओमानको क्रिकेट एकेडेमीको मैदानमा टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । आयरल्याण्ड अहिले १५.२ ओभर खेल्दा पाँच विकेट गुमाउँदै ११३ रन जोडेर खेलिरहेको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । रोहित पौडेल र पवन शर्राफको स्थानमा इसान पाण्डे र सन्दीप जोराले मौका पाएका छन् ।

नेपालले यसअघि आफ्ना दुवै खेल जितेको छ । ३ खेल खेलेको आयरल्यान्डले भने २ मा जित र १ मा हार बेहोरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage