scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

मध्यरातमा पीपलमा बस ठोकियो, ३८ यात्रु घाइते


भरतपुर, २२ असोज । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस दुर्घटनाग्रस्त भएको छ । उक्त बस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ ।

यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । करिब ४५/४६ जना यात्रु यात्रारत बसका चालक पनि सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage