scheduleशनिवार कार्तिक २ गते, २०७६

एनआरएनए नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु

काठमाडाैं, २२ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएका हुन् । एनआरएनएको सो सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ ।

बिहीबारबाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने पनि सचिव गुरुङले बताए । उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि बताए । असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्घाटन गर्नेछन् । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ ।

एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेका  हुन ।

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage